काठमाडौं । इरानले इजरायलविरुद्ध अहिलेसम्मकै सबैभन्दा तीव्र सैन्य कारबाही सञ्चालन गरेको दाबी गरेको छ । त्यसको केही घण्टामै इजरायलले राजधानी तेहरानका विभिन्न स्थानमा पुनः हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्
अल जजिरा र अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा मिसाइल र ड्रोनमार्फत व्यापक आक्रमण गरेको दाबी गर्दै यसलाई हालसम्मको सबैभन्दा शक्तिशाली चरण भनेको छ। इरानी सैन्य अधिकारीहरूले इजरायलका रणनीतिक सैन्य तथा पूर्वाधार लक्षित गरिएको बताएका छन् ।-0-


