लगनशील महिला सहकारीको १५औं साधारण सभा तथा छैठौं अधिवेशन सम्पन्न, सविना पुरी अध्यक्षमा चयन

श्री लगनशील सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड, कालिका नगरपालिका–८, चितवनले आफ्नो १५औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन आज भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा सहकारीको वार्षिक प्रगति प्रतिवेदन, आय–व्यय विवरण तथा आगामी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो। संस्थाले असल ऋणी, असल बचतकर्ता, असल बचतकर्ता समूह, संस्थाका सदस्यका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति, सुत्केरी माया सहयोग, शोकमा परेका परिवारलाई फलफूल तथा नगद सहयोगलगायत विभिन्न विधामा सम्मान गर्दै सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको छ।

२०६७ सालमा दर्ता भएदेखि नै सहकारीले बचतकर्ताको सुख–दुःखमा साथ र सहयोग गर्दै आएको उल्लेख गर्दै संस्थाकी व्यवस्थापक जुना लामाले सहकारी महिला सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको आधार बनेको बताउनुभयो। यसैगरी संस्थाको वार्षिक आय–व्यय विवरण तथा प्रगति प्रतिवेदन अध्यक्ष बुलकुमारी पुरी मगरले प्रस्तुत गर्नुभएको थियो।

अधिवेशनले सहकारीको संस्थागत विकास, महिला उद्यमशीलता प्रवर्द्धन तथा आर्थिक सशक्तीकरणका लागि थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै अधिवेशनले सविना पुरीलाई नयाँ अध्यक्षमा चयन गर्दै विभिन्न कार्यसमितिहरू गठन गरेको छ।

कार्यक्रममा सहकारीका पदाधिकारी, शेयर सदस्य तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार