अस्ट्रेलियन लिगमा साम्बाको उत्कृष्ट प्रदर्शन, चौथो स्थानमा उक्लियो वेलिङ्टन

अस्ट्रेलिया । नेपाली फरवार्ड सावित्रा भण्डारी (साम्बा) को उत्कृष्ट प्रदर्शनप्रेरित वेलिङ्टन फोनिक्सले निन्जा ए लिग वुमनमा वेस्टर्न सिड्नीविरुद्ध ३–० को सहज जित निकालेको छ ।

मंगलबार भएको खेलमा वेलिङ्टनलाई जित दिलाउन साम्बाले एक गोल र दुई असिस्ट गरिन् । यसै सिजनको सुरुआतमा वेलिङ्टन पुगेकी साम्बाको अस्ट्रेलियन लिगमा यो तेस्रो गोल हो । साम्बाको खेल हेर्न दुई हजारभन्दा धेरै नेपाली समर्थक पुगेका थिए ।

लिगमा वेलिङ्टनको यो तेस्रो जित हो । जितसँगै सात खेलबाट ११ अंक जोडेको वेलिङ्टन अंक तालिकाको चौथो स्थानमा छ । साम्बा अस्ट्रेलिया पुग्नुअघि फ्रान्सको शीर्ष डिभिजनको क्लब ग्वेनगाम्पमा आवद्ध थिइन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार