चितवन, मंसिर १५ — चितवनको खैरहनी नगरपालिका–१० बडगाउँस्थित केराको बारीभित्र गाईको मासु काट्दै गरेको सूचना पाएपछि प्रहरीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ।
आज दिउँसो करिब १:५० बजे प्राप्त गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय खैरहनीको मोबाइल टोली प्रहरी नायब निरीक्षक उज्वलराज चितुवालको कमाण्डमा घटना स्थलतर्फ खटिएको थियो।
प्रहरी टोली घटनास्थलमा पुगेपछि गाईको मासु काटिरहेको अवस्थामा ती ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही तथा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उक्त स्थान इलाका प्रहरी कार्यालय खैरहनीबाट करिब ७ किलोमिटर दक्षिणतर्फ पर्ने जनाइएको छ।
घटनाबारे थप छानबिन जारी रहेको प्रहरीले जनाएको छ।


