४६ प्रतिशतले बढ्यो, विदेश जाँदा गरिने स्वास्थ्य परीक्षण शुल्क

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले विदेश जाँदा गरिने स्वास्थ्य परीक्षणको शुल्क तीन हजार रुपैयाँले वृद्धि गरेको छ ।

साविकमा स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सय रुपैयाँ थियो । बुधबारदेखि ९ हजार ५ सय रुपैयाँ तोकिएको छ । अहिले एकै पटक ४६.१५ प्रतिशत स्वास्थ्य शुल्क वृद्धि भएको हो । दुबई, साउदी, कतार, मलेसिया, ओमनलगायतका देशमा काम गर्न जाँदा गराइने स्वास्थ्य परीक्षणको शुल्क वृद्धि भएको हो ।

सरदरमा नेपालबाट दैनिक १ हजार ५ सय जना नेपाली वैदेशिक रोजगारीमा जाने गरेका छन् । दैनिक १ हजार ५ सय जना विदेशिँदा ५२ लाख ५० हजार रुपैयाँ आर्थिक भार थपिएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार