सिद्धिमा सवारी दुर्घटना : खैरहनीका राममणि न्यौपानेको मृत्यु

कालिका । कालिका नगरपालिकाको सिद्धि–कल्याणचौर भित्री सडकखण्डमा गएराति भएको बोलेरो दुर्घटनामा खैरहनीका राजनीतिक तथा सामाजिक व्यक्तित्व राममणि न्यौपानेको मृत्यु भएको छ।

सिद्धिबाट कल्याणचौरतर्फ गइरहेको बा १८ च ८९७३ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका खैरहनी–४ निवासी राममणि न्यौपानेको भरतपुर सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रहरीका अनुसार जीपमा चालक बाहेक अन्य कोही सवार थिएनन्। जीप घटनास्थलमै रहेको छ भने उक्त स्थान प्रहरी चौकी जुटपानीबाट करिब २० किलोमिटर उत्तर पर्छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार