एनपीएल–२ मा आज दुई रोमाञ्चक खेल: चितवन–कर्णाली र विराटनगर–पोखरा आमनेसामने

काठमाडौं, मंसिर २ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरस्थित त्रिवि मैदानमा दुई रोमाञ्चक खेल हुँदै छन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११ः४५ बजे आमनेसामने हुनेछन्। चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने कर्णाली याक्सका कप्तान सोमपाल कामी छन्।

आजै दिउँसो ४ बजे हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन्। विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् भने पोखराको नेतृत्व कुशल भुर्तेलले गर्नेछन्।

सोमबारको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्स काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो।

एनपीएल दोस्रो सिजन मंसिर १ देखि २७ सम्म सञ्चालन हुनेछ। कुल ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने लिगमा लिग चरण, तीन वटा प्लेअफ खेल र फाइनलसहित ३२ खेल हुनेछ।

क्यानले हरेक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। शनिबारका खेलमा साधारण टिकट ५ सय र प्रिमियम १५ सय तोकिएको छ। लिग चरणका अन्य दिन ५ सय र १ हजार, प्लेअफपछि सामान्य १ हजार र प्रिमियम २ हजार रुपैयाँ पर्नेछ। सिजनल टिकटको मूल्य १५ हजार तोकिएको छ।

एनपीएल–२ मा जनकपुर, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, कञ्चनपुर गुर्खाज र लुम्बिनी लायन्स प्रतिस्पर्धामा छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार