कालिका । दुर्गा आयुर्वेद औषधालय, कालिकाले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार कालिका नगरपालिकाको कलबचोकमा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । स्थानीयवासीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा आयुर्वेदिक स्वास्थ्य परीक्षण, परामर्श तथा निःशुल्क औषधि वितरण सेवा प्रदान गरिएको थियो ।
औषधालयका व्यवस्थापक दुर्गाराज भण्डारीको अध्यक्षता एवम् कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कालिका–५ का वडाध्यक्ष दीपकबहादुर भट्टराई, कालिका–६ का अध्यक्ष टीकाराम रेग्मी, कालिका–७ का कमलराज मोक्तानलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुखअतिथि प्रमुख विनोद रेग्मीले आयुर्वेदिक स्वास्थ्य सेवालाई अझ विस्तार गर्न यस्ता पहलहरू मह¤वपूर्ण भएको बताए । उनले भने, ‘नगरपालिकाले स्वास्थ्य क्षेत्रमा सहयोगी हात बढाउने संस्थाहरूसँग सधैँ सहकार्य गर्नेछ । दुर्गा आयुर्वेद औषधालयले २० वर्षदेखि समुदायमा पु¥याउँदै आएको सेवाले जनस्वास्थ्यमा मह¤वपूर्ण योगदान पु¥याएको छ ।’
शिविरमा आयुर्वेद विशेषज्ञ डा. बाबुराजा अमात्य, वरिष्ठ आयुर्वेद चिकित्सक डॉक्टर रामकामेश्वर ठाकुर तथा विज्ञ डा. चन्द्रकान्त ज्ञवालीले रोग पहिचान, स्वास्थ्य परामर्श र आवश्यक उपचार साथै निःशुल्क औषधिसमेत वितरण गरेका थिए । शिविरमा २०२ जनाले औषधिसहित निःशुल्क सेवा लिएका थिए ।
दुर्गा आयुर्वेद औषधालयले आयुर्वेदलाई अझै सहज र पहुँचयोग्य बनाउन आगामी वर्षहरूमा पनि यस्तै स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने जनाउँदै नियमितरुपमा मधुमेह परीक्षण निःशुल्क गरिएको जनाएको छ ।
कार्यक्रममा व्यवस्थापक दुर्गाराज भण्डारीले आगामी दिनमा समुदायमुखी सेवालाई अझै प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । उनले भने, ‘स्थापनादेखि नै दुर्गा आयुर्वेद औषधालयले समुदायलाई प्राथमिकता दिएको छ । स्थानीयको विश्वास र साथकै कारण हामी २० वर्ष पूरा गरेर यहाँसम्म आएको हौँ । आगामी दिनमा पनि स्वास्थ्य सेवामुखी कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।’


