रत्ननगरकी डा. सन्जु भट्ट मिसेस नेपालको उपाधिका लागि प्रतिस्पर्धामा

चितवन । रत्ननगरकी डा. सन्जु भट्ट प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२५’ को उपाधिका लागि प्रतिस्पर्धामा रहनुभएको छ। रत्ननगरको सान, गौरव र पहिचानका लागि उहाँको जित अपरिहार्य मानिएको छ।

डा. भट्टले सामाजिक सेवा, नेतृत्व क्षमता र आत्मविश्वासका आधारमा प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राख्नुभएको छ। उहाँलाई जिताउनका लागि रत्ननगरबासीसहित सबैले साथ र समर्थन दिन आग्रह गरिएको छ।

भोट दिने तरिका:

१. Khalti by IME एप डाउनलोड गर्नुहोस्।

२. Entertainment & Lifestyle → Voting मा जानुहोस्।

३. Mrs. Nepal World 2025 ब्यानरमा क्लिक गर्नुहोस्।

४. Contestant No. 1 – Sanju Bhatta चयन गरी भोट गर्नुहोस्।

रत्ननगरका स्थानीयले सामाजिक सञ्जालमा समेत “डा. सन्जु भट्टलाई भोट गरौं, रत्ननगरको नाम उज्यालो पारौं” भन्ने अभियान सुरु गरेका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार