चितवन, कालिका–८
गैरीबारी स्थित खेल मैदानमा जारी स्व. पहलाल श्रेष्ठ स्मृति महिला फुटबल प्रतियोगिता २०८२ अन्तर्गत आज छैटौँ दिनको दोस्रो सेमिफाइनल खेल सम्पन्न भएको छ । आजको रोमाञ्चक सेमिफाइनलमा आरएस पोखरा एफसी र अभिषेक चर्च एफसीबीच प्रतिस्पर्धा भएको थियो ।
निर्धारित ९० मिनेटको खेलमा दुबै टिमले गोल गर्न असफल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै अभिषेक चर्च एफसी विजयी भएको हो । यस विजयसँगै अभिषेक चर्च एफसीले प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आउँदो कात्तिक २९ गते दिउँसो ठीक २ बजे हुने फाइनल खेलमा साईमन स्पोर्ट्स र अभिषेक चर्च रजहर एफसीबीच उपाधिको लागि रोमाञ्चक भिडन्त हुनेछ ।
प्रतियोगिता स्थानीय खेलप्रेमीको उल्लेखनीय सहभागिता र उत्साहका बीच जारी छ


