सरकारद्वारा जेनजी आन्दोलनका ४५ जनालाई शहीद घोषणा

काठमाडौँ । सरकारले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकामध्ये शहीद घोषणा भएका ४५ जनाको नामावली सार्वजनिक गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले ४५ जनालाई राज्यका तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयलगायत सरोकारवाला निकायबाट गरिएको अध्ययनपछि तयार भएको सूची गृह मन्त्रालय स्रोतले उपलब्ध गराएको हो । मन्त्रालयका उच्च स्रोतका अनुसार अझै केही घटनाको पुनः अध्ययन कार्य जारी छ र थप नाम पछि समावेश हुन सक्ने सम्भावना खुला राखिएको छ ।

यसअघि नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा मारिएका ७६ जनामध्ये ४१ जनालाई ‘अन्य’ सूचीमा राख्दै मृत्युको कारणमा प्रश्न उठाएको थियो । सेनाको आधिकारिक तथ्यांकअनुसार आन्दोलनका क्रममा २२ जना प्रदर्शनकारी, ३ जना प्रहरी र १० जना कैदीको ज्यान गएको उल्लेख छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार