अक्टोबरमा एक लाख २८ हजारभन्दा बढी पर्यटक नेपाल

काठमाडौँ । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना विदेशी पर्यटक नेपाल आएका छन् । पर्यटकीय यामसमेत परेकाले अक्टोबरमा पर्यटक आगमन उच्च देखिएको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अन्य देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

बोर्डका तथ्याङ्कअनुसार, जनवरीदेखि अक्टोबरसम्म नेपाल आएका कुल पर्यटकको संख्या ९ लाख ४३ हजार ७१६ पुगेको छ ।

अक्टोबरमा भारतबाट १७ हजार २९८, अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६ र अष्ट्रेलियाबाट ६ हजार १७७ पर्यटक आएका थिए । त्यसैगरी श्रीलङ्काबाट ५ हजार ५३५, फ्रान्सबाट ५ हजार ४५, बङ्गलादेशबाट ४ हजार ६४१ र म्यानमारबाट ३ हजार ३८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार