काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु भएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर गर्दै संसद् पुनःस्थापना गर्न माग गरिएको रिटमा प्रारम्भिक सुनुवाइ हुँदैछ।
यी रिट निवेदनमार्फत प्रधानमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको र संसद् विघटन गैरकानुनी भएकाले पुनःस्थापना गर्नुपर्ने माग गरिएको छ।
‘जेनजी आन्दोलन’ पछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त हुनु र त्यसपछि प्रतिनिधिसभा विघटन हुनु असंवैधानिक भएको दाबी गर्दै रिट दायर गरिएको हो।
सुनुवाइका क्रममा अदालतले प्रारम्भिक आदेश दिने वा विस्तृत बहसका लागि मिति तोक्ने अपेक्षा गरिएको छ।


