चितवनमा जुवातास खेल्दै गरेका २१ जना पक्राउ

चितवन, ७ कात्तिक २०८२ । चितवन जिल्लाका विभिन्न स्थानमा जुवा खेल्दै आएका २१ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकाहरूमाथि मुद्दा दर्ता गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रहरी निरीक्षक रिजालका अनुसार पक्राउ परेकाहरूबाट नगद रु ३ लाख ६१ हजार २१० बरामद गरिएको छ । उहाँका भनाइअनुसार उनीहरूलाई मुलुकी अपराध संहिता, दफा १२५ अनुसार आवश्यक कानुनी कारबाही अघि बढाइएको हो ।

सूचनाका आधारमा गरिएको प्रहरीले भरतपुर र खैरहनी क्षेत्रका विभिन्न स्थानमा छापा मारेर जुवा खेलिरहेका ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले जुवातास नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउने जनाएको छ ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार