राजनीतिक चरित्रमाथि प्रश्न

रवि किरण हमालद्वारा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध पक्राउ माग गर्दै प्रहरीमा निवेदन

काठमाडौँ, ५ कार्तिक २०८२

जेनजी आन्दोलनका क्रममा पक्राउ परेका अगुवा तथा राप्रपा निकट अभियन्ता रवि किरण हमालले प्रधानमन्त्री सुशीला कार्कीलाई पक्राउ गरी निष्पक्ष छानबिन गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा औपचारिक निवेदन दिएका छन्।

हमालले प्रधानमन्त्री कार्कीमाथि ‘जेनजी विद्रोह’ का क्रममा शहीद भएका युवाको बलिदानको अपमान गर्दै असंवैधानिक तरिकाले सत्ता कब्जा गरेको गम्भीर आरोप लगाएका छन्। उनले कार्की नेतृत्वको सरकारले जनताको भावनाविपरीत काम गरेको र विद्रोहका नाममा प्रायोजित आमहत्या गराएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक

हमालले प्रहरी महानिरीक्षक समक्ष दर्ता गराइएको निवेदन आफ्नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। निवेदनमा प्रधानमन्त्री कार्कीमात्र होइन, उनको सरकारका अन्य मन्त्री तथा पदाधिकारीहरू पनि देशविरोधी गतिविधिमा संलग्न रहेको उल्लेख गरिएको छ।

राजनीतिक चरित्रमाथि प्रश्न

उनले जेन्जी आन्दोलनमा सहभागी निर्दोष युवाको हत्या, दमन तथा आन्दोलन दमनमा संलग्न व्यक्तिहरुलाई संरक्षण र प्रोत्साहन गरिएको, साथै त्यही समूहलाई चुनावको नाममा वार्ताका लागि बोलाइएको आरोप लगाएका छन्। हमालका अनुसार, यस्ता कदमले न्याय, शान्ति र लोकतन्त्रमाथि गम्भीर आघात पुर्‍याएको छ।

पक्राउ र छानबिनको माग

“प्रधानमन्त्री कार्कीलाई तत्काल गिरफ्तार गरी सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्नुपर्ने आवश्यक छ,” हमालले निवेदनमार्फत भनेका छन्।

यसबारे सरकारले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार