चितवन, कार्तिक -१
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाइघाटमा आज दिउँसो सातवटा सवारी साधन आपसमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, एक ट्रकले बसलाई ठक्कर दिएपछि त्यसपछि आएका अन्य सवारी साधनहरू समेत ती ट्रक र बसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा परेर बसमा चेपिएका चालकसहित ६ जनाको उद्धार गरिएको छ। उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको अवस्था र पहिचान खुलाइएको छैन।
घट्ना को पुर्ण विवरण आऊन बीकि रहेको छ ।-0-


