चितवन, कालिका–८ Saimon Sports, कालिका नगरपालिका–८, चितवनको आयोजनामा दोस्रो स्व. पहलाल श्रेष्ठ स्मृति कप खुला नकआउट महिला फुटबल प्रतियोगिता यही २०८२ कार्तिक १५ गते देखि सुरु हुँदैछ।
प्रतियोगिता प्रथम हुने टोलीले रु ५१,१११ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने, दोस्रो हुने टोलीले रु २५,५५५ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ।
कार्यक्रम थप रौनकता लागि विवाहित महिलाहरुको लुगिं फुटबल प्रतियोगिता पनि आयोजना गरीने आयोजकले जानकारी दिएको छ ।
Saimon Sports ले यसअघि सम्पन्न गरेको प्रतियोगिताको पहिलो संस्करण सफल रुपमा सम्पन्न गरेको थियो। यस पटक पनि अझ सौहार्दपूर्ण र उत्साहजनक वातावरणमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्य लिएको क्लबका प्रशिक्षक तथा संस्थापक सजिन श्रेष्ठ ले जानकारी दिनुभयो।
उहाँका अनुसार Saimon Sports महिला फुटबलका कुशल खेलाडी उत्पादन गर्ने एकेडेमीको रुपमा पनि परिचित छ। विभिन्न प्रतियोगितामा सहभागी भई सफलता हात पारिसकेको क्लबले महिला फुटबललाई स्थानीय स्तरमै सशक्त रुपमा स्थापित गर्ने उद्देश्यले आफ्नो गतिविधिहरू अघि बढाउँदै आएको छ।
खेलकुदमार्फत सामाजिक एकता र महिला सशक्तीकरणमा टेवा पुर्याउने Simon Sports को यो प्रयासले चितवन लगायत देशभरका महिला फुटबल खेलाडीहरूलाई नयाँ प्रेरणा दिने विश्वास गरिएको छ।


