चितवनमा पनि मेयर बालेन शाह र सुधन गुरुङविरुद्ध किटानी जाहेरी, पक्राउको माग चितवन, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुधन गुरुङविरुद्ध चितवनमा पनि किटानी जाहेरी परेको छ। अनेरास्ववियु चितवनका जिल्ला संयोजक अमित आचार्यले जिल्ला प्रहरी कार्यालय चितवनमा उक्त जाहेरी दर्ता गराएका हुन्। जाहेरीमा शाह र गुरुङमाथि देशभर जारी आन्दोलनलाई हिंसात्मक बनाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउन उक्साउने आरोप लगाइएको छ। आचार्यका अनुसार किटानी जाहेरीसँगै भिडियो, तस्बिर, फुटेजलगायतका प्रमाणहरू पेनड्राइभमा संकलन गरी प्रहरीलाई बुझाइएको छ। उनले भने, “देशभर भइरहेको अराजक गतिविधिको मुख्य भूमिका यिनै दुई व्यक्तिको देखिएकोले कानुनी रूपमा कारबाही माग गरिएको हो।” जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जाहेरी दर्ता प्रक्रियाबारे जानकारी दिँदै भने, “हामीले जाहेरी बुझेका छौं, तर अझै दर्ता भएको छैन। यो विषयमा केन्द्रसँग समन्वय गरेर अगाडि बढ्छौं।” जाहेरी दिने क्रममा अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष आकाश गिरी, केन्द्रीय सदस्य प्रशान्त सुवेदी लगायत संगठनका विभिन्न तहका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो। यसअघि काठमाडौंलगायत देशका अन्य भागहरूमा समेत बालेन शाह र सुधन गुरुङविरुद्ध आलोचना र कानुनी दवाव बढिरहेका बेला चितवनमा परेको यो जाहेरीलाई थप महत्त्वका साथ हेरिएको छ। पृष्ठभूमि पछिल्लो समय सडक आन्दोलनको नेतृत्व गरिरहेका युवा समूहहरू र राजनीतिक संगठनबीच तानाव बढ्दै गएको छ। ‘हामी नेपाल’ अभियानले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते

चितवनमा पनि मेयर बालेन शाह र सुधन गुरुङविरुद्ध किटानी जाहेरी, पक्राउको माग चितवन, असोज २२ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ‘हामी नेपाल’ अभियानका संस्थापक सुधन गुरुङविरुद्ध चितवनमा पनि किटानी जाहेरी परेको छ। अनेरास्ववियु चितवनका जिल्ला संयोजक अमित आचार्यले जिल्ला प्रहरी कार्यालय चितवनमा उक्त जाहेरी दर्ता गराएका हुन्। जाहेरीमा शाह र गुरुङमाथि देशभर जारी आन्दोलनलाई हिंसात्मक बनाउने, सामाजिक सद्भावमा खलल पुर्‍याउने र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउन उक्साउने आरोप लगाइएको छ। आचार्यका अनुसार किटानी जाहेरीसँगै भिडियो, तस्बिर, फुटेजलगायतका प्रमाणहरू पेनड्राइभमा संकलन गरी प्रहरीलाई बुझाइएको छ। उनले भने, “देशभर भइरहेको अराजक गतिविधिको मुख्य भूमिका यिनै दुई व्यक्तिको देखिएकोले कानुनी रूपमा कारबाही माग गरिएको हो।” जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जाहेरी दर्ता प्रक्रियाबारे जानकारी दिँदै भने, “हामीले जाहेरी बुझेका छौं, तर अझै दर्ता भएको छैन। यो विषयमा केन्द्रसँग समन्वय गरेर अगाडि बढ्छौं।” जाहेरी दिने क्रममा अनेरास्ववियु केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष आकाश गिरी, केन्द्रीय सदस्य प्रशान्त सुवेदी लगायत संगठनका विभिन्न तहका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो। यसअघि काठमाडौंलगायत देशका अन्य भागहरूमा समेत बालेन शाह र सुधन गुरुङविरुद्ध आलोचना र कानुनी दवाव बढिरहेका बेला चितवनमा परेको यो जाहेरीलाई थप महत्त्वका साथ हेरिएको छ। पृष्ठभूमि पछिल्लो समय सडक आन्दोलनको नेतृत्व गरिरहेका युवा समूहहरू र राजनीतिक संगठनबीच तानाव बढ्दै गएको छ। ‘हामी नेपाल’ अभियानले सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा काठमाडौंमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका थिए। सरकार र सुरक्षाप्रशासनले आन्दोलनलाई हिंसात्मक बनाइएको आरोप लगाइरहेका छन् भने आन्दोलनकारीहरूले नागरिक आवाज दबाउन दमन गरिएको दाबी गरेका छन्।

ताजा समाचार