सरसफाई कार्यक्रम सम्पन्न

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न

कालिका कला केन्द्रको आयोजनामा सरसफाइ अभियान सम्पन्न

चितवन, असोज ९ –

कालिका कला केन्द्र चितवनको आयोजनामा आज मिति २०८२ साल असोज ९ गते, बिहिबारका दिन, कालिका नगरपालिका–२ स्थित हालको “कालिका नगरपालिका सिकाई इकाई केन्द्र कमलपुर” एवं कालिका कला केन्द्र चितवनको कार्यालय परिसर वरपर सरसफाइ अभियान सफलता साथ सम्पन्न भएको छ।

उक्त अभियानमा कला केन्द्र समितिको परिवार, जीतपुर टोल विकास संस्थाका अध्यक्षसहित सदस्यहरूको संयुक्त टोलले सक्रिय सहभागिता जनाउँदै झाडी फडानी तथा परिसर सरसफाइको कार्य सम्पन्न गरेका हुन्। कार्यक्रम अन्तर्गत परिसर भित्रको बाक्लो झाडी समेत पूर्ण रूपमा फडानी गरियो, जसले सो क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाएको छ।

यस सरसफाइ अभियानमा संलग्न भई सहयोग पुर्‍याउने सम्पूर्ण महानुभाव तथा आदरणीय व्यक्तिहरुप्रति कालिका कला केन्द्र चितवनले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

यस्तै, केन्द्रले सो स्थानको भौतिक संरचना संरक्षण तथा संवर्धनका लागि स्थानीय तह, प्रहरी प्रशासन, वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाहरूको विशेष चासो, चिन्तन र नियमित निगरानीको लागि समेत अपिल गरेको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार