कालिकामा अवैध काठसहित बोलेरो नियन्त्रणमा

कालिकामा अवैध काठसहित बोलेरो नियन्त्रणमा

कालिकामा अवैध काठसहित बोलेरो नियन्त्रणमा

चितवनको कालिका नगरपालिका–१ बाट अवैध काठको गोलिया सहित एक बोलेरो गाडी नियन्त्रणमा लिइएको छ। गत भदौ ३१ गते विहान ३ थान सालको गोलिया सहित प्र.३-०३-००१ च १८६ नम्बरको बोलेरो नियन्त्रणमा लिइएको उदयपुर सामुदायिक वनका अध्यक्ष शंकर लामाले जानकारी दिनुभयो।

वन समितिको टोलीले कालिका–७ लाहुरेचोक नजिकै गाडी रोक्ने प्रयास गर्दा चालकले गाडी भगाएको थियो। पछि पिछा गर्ने क्रममा गाडीलाई वडा नं. १ को केरा घारीमा लुकाइएका अवस्थामा फेला पारिएको हो। तर गाडी चालक भने फरार छन्।

नियन्त्रणमा लिइएको बोलेरो र सालको काठलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय भरतपुर पठाइएको वन समितिले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार