इच्छाकामना गाउँपालिका–२ को वडा कार्यालयमा व्यापक क्षति
चितवन । इच्छाकामना गाउँपालिका–२ स्थित वडा कार्यालय पूर्णरूपमा ध्वस्त बनेको छ । Zen-Z आन्दोलनका क्रममा भएको आक्रमणपछि वडा कार्यालयको कागजात, फर्निचर तथा आमा समूहको भवनसमेत जलेर नष्ट भएको वडा अध्यक्ष पञ्चबहादुर प्रजाले जानकारी दिनुभयो ।
उहाँका अनुसार आमा समूहको आकस्मिक कोषमा रहेको रु. ६० हजार नगद रकमसमेत लुटिएको छ । साथै, निर्माणाधीन वडा कार्यालयको भवन पनि क्षतिग्रस्त बनेको बताइएको छ ।
वडा कार्यालय जनताका सेवा प्रदान गर्ने प्रमुख निकाय भए पनि आन्दोलनकारीहरूले निशाना बनाउँदा स्थानीयवासी थप संकटमा पर्ने देखिएको छ । कागजात नष्ट हुँदा प्रशासनिक कामकाज ठप्प हुने अवस्था सिर्जना भएको छ ।
अध्यक्ष प्रजाले यस्तो घटनाले जनताको सेवा केन्द्रलाई ठप्प पार्नु गैरजिम्मेवार र निन्दनीय भएको प्रतिक्रिया दिनुभयो । उहाँले गाउँपालिकासँग समन्वय गरी तत्काल वैकल्पिक व्यवस्था मिलाउने तयारी भइरहेको पनि बताउनुभयो ।
यसरी Zen-Z आन्दोलनको नाममा जनताका आधारभूत सेवा दिने कार्यालय नै ध्वस्त हुनु स्थानीय समुदायका लागि ठूलो क्षति र चुनौतीका रूपमा देखिएको गाऊपालिका प्रमुख दान बहादुर गुरुगं ले बताऊनुभयो ।


