मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू”

धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू”

धरानका मेयर साम्पाङको चेतावनी : “नयाँ नेतृत्व चुन्न हतार नगर्नू”

भदौ २५- धरान  उप-महानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन्।

काठमाडौंमा राजनीतिक निकासका लागि जेन–जी आन्दोलनका प्रतिनिधिसँग वार्ता गर्ने तयारी भइरहेका बेला बुधबार बिहान साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

उनले स्टाटसमा लेखेका छन्, “नेपाल काठमाडौं मात्रै होइन, जेन–जी त्यहाँ मात्रै छैनन्, नयाँ नेतृत्व चुन्दा हतार नगर्नू।”

साम्पाङको यो अभिव्यक्तिलाई काठमाडौंमा भइरहेको जेन–जी आन्दोलनसँग जोडेर व्याख्या गरिएको छ। अहिले राजधानीसहित देशभर जेन–जी पुस्ताले पुरानो राजनीतिक नेतृत्वको विकल्प खोज्दै नयाँ नेतृत्वको माग गरिरहेका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार