जेनजी आन्दोलनबारे सरकार–आन्दोलन पक्षबीच वार्ता हुने

जेनजी आन्दोलनबारे सरकार–आन्दोलन पक्षबीच वार्ता हुने

काठमाडौं / परिवेश नेपाल । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकट समाधानका लागि आज वार्ता हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा वार्ता हुने तय भएको हो।

नेपाली सेनाको आग्रह र राष्ट्रपति पौडेलको अपिलपछि वार्ता प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो। सेनाप्रमुख अशोकराज सिक्देल र राष्ट्रपति पौडेलले बुधबार अपिल गर्दै दुवै पक्षलाई छलफलमार्फत समाधान खोज्न आह्वान गरेका थिए।

उक्त अपिलसँगै जेनजीका प्रतिनिधिहरू पनि वार्तामा सहभागी हुने सहमति जनाएका छन्। स्रोतका अनुसार वार्तामा नयाँ नागरिक सरकार गठनलगायत प्रमुख विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

वार्ताको व्यवस्थापन नेपाली सेनाले गरेको र सबै पक्षलाई संवादको टेबलमा ल्याउने पहल भइरहेको सेनाका उच्च अधिकारीहरूले जनाएका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार