ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा

ईच्छाकामना–२ मायाटारमा अस्थायी प्रहरी चौकी उद्घाटन
शान्ति–सुरक्षा मजबुत बनाउने अपेक्षा

चितवन, भदौ २० – ईच्छाकामना गाउँपालिका–२ मायाटार (शक्तिखोर–फिस्लिगं सडक खण्ड) मा अस्थायी प्रहरी चौकी स्थापना गरी शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ ।कार्यक्रममा गाउँपालिका प्रमुख दानबहादुर गुरुङ, चितवन जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी, वडा नम्बर २ का अध्यक्ष पन्चबहादुर प्रजा लगायत राजनीतिक दलका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, स्थानीय तथा अग्रज व्यक्तिहरुको सहभागिता रहेको थियो ।


📌 दीर्घकालीन माग पूरा
स्थानीयको दीर्घकालीन माग अनुसार चौकी स्थापना गरिएको हो । चौकी सञ्चालनमा आएपछि सो क्षेत्रमा शान्ति–सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन तथा आपतकालीन घटनामा छिटो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिका प्रमुख दान बहादुर गुरुङले, “समुदाय र स्थानीय तहको पहलले आज प्रहरी चौकी स्थापना सम्भव भएको हो । यसको प्रभावकारी सञ्चालनमा सबैको सहकार्य अपरिहार्य छ,” भन्दै शुभकामना व्यक्त गर्नुभयो।
जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरीले दुर्गम क्षेत्रका बस्तीमा अपराध नियन्त्रण, सामाजिक सुरक्षा र जनताको विश्वास जित्ने खालको सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

  • यसै गरी ईच्छाकामना २ का वडा अध्यक्ष पन्चबहादुर ले भन्नुभयो हामि स्थानिय हरुको सुरक्षार्थ यो चौकि स्थापना भएकोले हामि ले पनि ऊत्तिकै सहयोग र जिम्मेवारी निभाऊनु पर्ने बताऊनुभयो।

ईच्छाकामना गाउँपालिका–२ मायाटारमा नवनिर्मित अस्थायी प्रहरी चौकीको उद्घाटन गर्दै गाउँपालिका प्रमुख दानबहादुर गुरुङ र जिल्ला प्रहरी प्रमुख एसपी गोविन्द पुरी ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार