कालिका १० र ११ का चेपाङ युवाद्वारा 'न्वागी (छोनाम)' पर्व भव्य रूपमा मनाइने

कालिका १० र ११ का चेपाङ युवाद्वारा ‘न्वागी (छोनाम)’ पर्व भव्य रूपमा मनाइने

कालिका १० र ११ का चेपाङ युवाद्वारा ‘न्वागी (छोनाम)’ पर्व भव्य रूपमा मनाइने

चितवन, भदौ २१ / गौतम गिरी – कालिका नगरपालिका वडा नं १० र ११ का चेपाङ युवाहरूको आयोजनामा चेपाङ समुदायको महान सांस्कृतिक पर्व ‘चेपाङ न्वागी (छोनाम)’ भदौ २१ गते कालिका १० स्थित सिद्धी तीन दोभानमा भव्य कार्यक्रमका साथ मनाइन*े भएको छ।
समुदायको पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा लोकदोहोरी क्षेत्रकी चर्चित गायिका मनमाया वाइवा, तथा राष्ट्रिय स्तरमा परिचित गायक सन्देब चेपाङ, गणेश चेपाङ, सिमोन चेपाङले सांगीतिक प्रस्तुति दिनेछन्। साथै कार्यक्रमलाई अझै मनोरञ्जनात्मक बनाउनका लागि स्थानिय हास्य कलाकार बिकाश चेपाङको विशेष प्रस्तुति समेत रहनेछ, साथमा अन्य बिभिन्न विधाका कलाकार हरुको पनि प्रस्तुती रहनेछ ।

आयोजक युवाहरूका अनुसार न्वागी पर्व (छोनाम) चेपाङ समुदायको प्रमुख चाड हो, जसमा नयाँ अन्न भगवानलाई अर्पण गरी मात्र ग्रहण गर्ने चलन छ। यस पर्वले समुदायबीच एकता, सांस्कृतिक गर्व र पहिचानको भावनालाई अझ सशक्त बनाउने विश्वास लिइन्छ।

कार्यक्रम मा नगर प्रमुख विनोद रेग्मी , उप-प्रमुख विमला तामागं को बिशेष ऊपस्थिती मा , समुदायका अग्रज, स्थानीय नेता, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि तथा आम सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।आयोजकले सबैलाई कार्यक्रममा सहभागिता जनाई समुदायको सांस्कृतिक समृद्धिमा साथ दिन अपिल गरेका छन्।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार