प्रधानमन्त्री ओली धनुषा र महोत्तरी जाँदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र महोत्तरीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुँदैछन्। त्यसका लागि शुक्रबार बिहान साढे ११ बजे ओली काठमाडौँबाट जनकपुर प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

जनकपुरमा उनले मधेश प्रदेश प्रहरी कार्यालय र सडकको उद्घाटन गर्नेछन्।   त्यसैगरि प्रधानमन्त्रीले शुक्रबार दिउँसो महोत्तरीको सोनमा गाउँपालिकामा कालोपत्रे सडक निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम तय भएको उनको सचिवालयले जनाएको छ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार