चितवन कालिका, असोज १४ । चितवनको कालिका नगरपालिका–९ मैतेस निवासी ३८ वर्षीय मनिराज चेपाङको करेन्ट लागेर मृत्यु भएको छ।
हाल शक्तिखोर बजार नजिकै बस्दै आएका चेपाङको मंगलबार राति करिब ९ बजे करेन्ट लागेर मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय जुटपानीका अनुसार घटनापछि उनको शव परीक्षण (पोस्टमार्टम) का लागि भरतपुरस्थित सरकारी अस्पताल लगिएको छ।
#परिवेश नेपाल


