धादिङ, भदौ १८ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा गएको पहिरो पन्छाउने कार्य अगाडि बढाइएको छ।
पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरो पन्छाउने कार्यका लागि पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रुख कटानको काम भइरहेको छ।
पहिरो हटाउन आवश्यक निर्माण उपकरणहरू समेत दुवै छेउमा तयारी अवस्थामा राखिएका छन्। रुख कटानको काम सम्पन्न हुनासाथ निर्माण उपकरण परिचालन गरी पहिरो पन्छाउने कार्य सुरु गरिने मन्त्रालयले जनाएको छ।
सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो पन्छाउने काम तीव्र गतिमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।


