राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशका मुख्यमन्त्रीले लिने विश्वासको मतमा विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ ।
राप्रपाले विपक्षमा मतदान गर्न नसक्ने सांसदलाई तटस्थ रहन वा बैठकमा अनुपस्थित हुन समेत निर्देशन दिएको छ । बागमती प्रदेश सभामा राप्रपाका प्रमुख सचेतक कुमारी तामाङले जारी गरेको ह्विप आज दिउँसो प्रदेशसभाका सबै सदस्यलाई पठाइएको हो ।
ह्विपमार्फत मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावमा पार्टीको निर्णयअनुसार विपक्षमा मतदान गर्न, तटस्थ रहन वा अनुपस्थित हुन निर्देशन दिइएको छ । मुख्यमन्त्री किरण थापा मगरले भाेलि विश्वासको मत लिँदै छन् ।


