बढ्यो अनुदान शिक्षक, बाल विकास सहजकर्ता, विद्यालय कर्मचारी र सहयोगीको तलब

काठमाडौं । सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब वृद्धि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय सरकारले हाल उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजारका दरले वृद्धि गर्ने निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए।

बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूको तलब क्रमशः माध्यमिक तृतीय श्रेणी र निम्न माध्यमिक तृतीय श्रेणीको तलब बराबर कायम गर्ने निर्णय समेत गरेको छ।

यस निर्णयबाट राज्यको वार्षिक दायित्वमा थप ४ अर्ब ६८ करोड ९८ लाख २८ हजार १०० बराबरको भार थपिने देखिएको भन्दै शिक्षामन्त्री पोखरेलले स्रोतको सीमितताबीच निर्णय कार्यान्वयन गर्न आवश्यक सहजीकरण गरिदिएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिएका छन् ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार