चितवन हात्ती महोत्सवको समापन : वनभोजमा रमाए हात्ती

सौराहा । चितवनको पर्यटकीय नगरी सौराहामा आयोजना गरिएको १९औं चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सकिएको छ । क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको सो महोत्सव समापन कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहनु भएको थियो । महोत्सवको अन्तिम दिन आइतबार हात्तीलाई वनभोज खुवाइएको छ । पछिल्लो समय लोकप्रिय बनेको हात्ती वनभोज कार्यक्रममा ३० वटा हात्तीलाई १५ प्रकारका परिवार खुवाइएको हो । महोत्सवको अन्तिम दिन हात्तीको पुजा गरी उनीहरुलाई मनपर्ने मिष्ठान्न परिकार सहित वनभोज खुवाइएको संयोजक गुणराज थपलियाले बताए । वनभोजमा कुची, सक्खर, पाउरोटी, भूइकटर, ड्रागनफुड,केरा, श्याउ,सुन्तला, मेवा, गाजर, उखुलगायत हात्तीलाई मनपर्ने १५ प्रकारका खानेकुरा राखिएको थियो । महोत्सव अन्तर्गत भएको हात्ती पेनाल्टी प्रतियोगिताको उपाधि लक्ष्मीकलीले जितेकी छन् । प्रतियोगिता भर १२ गोल गरी लक्ष्मीकलीले उपधि जित्ज सफल भएकी हुन् । पेनाल्टी प्रतियोगितामा १० गोल गरेर बसन्तीकली द्धितीय, ९ गोल गरेर मारुतीकली तृतीय भएका थिए । प्रतियोगितामा चम्पाकली, बसन्तीकली ए, पुनमकलीले समेत प्रतिस्पर्धा गरेका थिए । महोत्सव अन्तर्गत गरिएको हात्ती सुन्दरी प्रतियोगिताको उपाधि पुनमकलीले जितेकी छन् । राप्ती नदीमा गरिएको डुंगा रेस प्रतियोगितामा कुमरोज मध्यवर्ती सामुदायिक वन प्रथम भएको छ । क्षेत्रीय होटल संघ सौराहा चितवनले आयोजना गरेको हात्ती तथा पर्यटन महोत्सव आइतबार सकिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहेको समापन कार्यक्रममा प्रतियोगितामा सहभागी तथा उत्कृष्ट भएकाहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । सो अबसरमा प्रमुख जिल्ला अधिकारी अर्यालले चितवनको सफारी पर्यटनले विश्वलाई लोभ्याएको भन्दै सेवा र गुणस्तर सुधारमा ध्यान दिनुपर्ने बताए । पर्यटन उद्योगले रोजगारी र्सिजना तथा मुलुकको अर्थतन्त्रमा समेत टेवा पु¥याउदै आएको भन्दै उनले पर्यटनको विविधिकरणमा ध्यान केन्द्रीत गर्न आग्रह गरे । संघका अध्यक्ष ओमप्रकाश पाण्डेले १९औं हात्ती तथा पर्यटन महोत्सव सफल भएको भन्दै महोत्सव अबलोकन गर्न आएका स्वदेशी तथा विदेशी पर्यटकले सौराहाका होटलहरु भरिएको बताए । सौराहामा अहिले ९० प्रतिशत होटल बुकिङ रहेको भन्दै महोत्सवले लामो समयपछि चितवनको पर्यटनलाई चलायमन गराएको बताए । संघका महासचिव महेश खनालले हात्ती महोत्सवप्रतिको चासोका कारण यसको निरन्तरताको लागि व्यवसायीलाई उत्साहित बनाएको बताए । रत्ननगर नगरपालिका संरक्षक रहेको सो महोत्सवको सहआयोजकमा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, रेवान सौराहा, बाघमारा मध्यवर्ती सामुदायिक वन रहेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार