कालिका नगरमा एमालेद्वारा संसद् पुनःस्थापनाको मागसहित जनप्रदर्शन

चितवन, कात्तिक २५ –

जनपरिचालन तथा संसद् पुनःस्थापनाको माग गर्दै नेकपा (एमाले) कालिका नगर कमिटी चितवनले आज विशाल जनप्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रदर्शनलाई नेकपा (एमाले) चितवनका अध्यक्ष कमल पाठक, जिल्ला कमिटी सचिवालय सदस्य विनोद रेग्मी र बागमती प्रदेश कमिटी सदस्य दिवस पाण्डेले सम्बोधन गर्नुभएको थियो ।

नेताहरूले वर्तमान सरकारका असंवैधानिक गतिविधि र संसद् विघटनजस्ता प्रयासविरुद्ध जनमत एकजुट गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

जनप्रदर्शन कार्यक्रम नेकपा (एमाले) कालिका नगर कमिटीका अध्यक्ष केशब लामाको अध्यक्षतामा सम्पन्न भएको हो ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार