हङकङ सिक्सेस : यूएईसँग पराजित हुँदै नेपाल बाहिर, प्रतियोगितामा १५औं स्थान

हङकङ सिक्सेस क्रिकेटमा नेपाल बाउल लिगको खेलमा यूएईसँग पराजित भएको छ। आइतबार भएको खेलमा यूएईले नेपाललाई ४३ रनले हरायो। यससँगै प्रतियोगितामा नेपालको यात्रा समाप्त भएको छ।

१३० रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको नेपालले ४ विकेटको क्षतिमा ८६ रन मात्रै जोड्यो। नेपालका लागि मोहम्मद आदिल आलमले ३२ तथा कप्तान सन्दीप जोराले ३१ रन बनाए। यूएईका मोहम्मद फारूकले २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको यूएईले १२९ रन बनाएको थियो। निलान्स केश्वानीले ५० रन, जाहिद अलीले ३० र मोहम्मद फारूकले २४ रन जोडे। नेपालका रसिद खानले २ विकेट लिए भने रूपेश सिंह र लोकेश बमले १–१ विकेट लिएका थिए।

समूह चरणका दुवै खेलमा पराजित नेपाल बाउल लिगमा पुगेको थियो, जहाँ नेपालले भारतलाई मात्र हराउन सक्यो। १६ टोली सहभागी प्रतियोगितामा नेपाल १५औं र भारत १६औं स्थानमा रहे। एजेन्सी -0-

फोटो- क्यान

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार