काठमाडौं ९ कार्तिक २०८२ – प्रधानमन्त्री सुशीला कार्कीले चार जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्न लागेको स्रोतले जनाएको छ। बालुवाटार स्रोतका अनुसार, नयाँ मन्त्रीहरूको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ र उनीहरूको सपथग्रहण आजै हुने तयारी भइरहेको छ।
नयाँ मन्त्रीहरूमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन्। मन्त्रालयको जिम्मेवारी यसप्रकार तोकिएको छः
- सुधा गौतम – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
- गणपति लाल श्रेष्ठ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
- खगेन्द्र सुनार – श्रम तथा रोजगार मन्त्रालय
- बब्लु गुप्ता – युवा तथा खेलकुद मन्त्रालय
सरकारमा विभिन्न नाममा छलफल भएपनि अन्ततः यी चार जनाको नाममा सहमति जुटेको बताइएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिपछि पनि सरकारलाई पूर्णता प्राप्त भएको भने मानिँदैन।
स्रोतका अनुसार, प्रधानमन्त्री कार्कीले छिट्टै बाँकी मन्त्रालयहरूमा पनि टुंगो लगाउने तयारी अघि बढाइरहेकी छन्।


