प्रहरी प्रमुख सम्मानित

चितवन का प्रहरी प्रमुख गोविन्द पुरी ” सर्वोत्कृष्ट प्रहरी ” पुरस्कार बाट सम्मानित

चितवन, असोज ३१-

बागमती प्रदेश प्रहरी कार्यालयबाट “सर्वोउत्कृष्ट प्रहरी” को रूपमा चितवनका प्रहरी प्रमुख गोविन्द  पुरी सम्मानित हुनुभएको छ ।

प्रहरी सेवा क्षेत्रमा देखाइएको उत्कृष्ट नेतृत्व, कुशल कार्यसम्पादन र जनमैत्री सुरक्षा प्रवर्द्धनमा पुरीज्यूको योगदानलाई उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरीद्वारा उहाँलाई यो सम्मान प्रदान गरिएको हो।

यस अवसरमा विभिन्न व्यक्तित्वहरू, सामाजिक संघसंस्थाहरू र आम नागरिकहरूले उहाँको सम्मानमा बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेका छन्।

श्री पुरीज्यूले पुरस्कारप्रति आभार व्यक्त गर्दै यो सम्मान सम्पूर्ण चितवन प्रहरी टोलिको समर्पण, मेहनत र जनताको साथको फल भएको बताउनुभयो।

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार