आफ्नै कार्यालय जले पनि सामुदायिक वनद्वारा प्रहरीलाई सहयोग

आफ्नै कार्यालय जले पनि सामुदायिक वनद्वारा प्रहरीलाई सहयोग

आफ्नै कार्यालय जले पनि सामुदायिक वनद्वारा प्रहरीलाई सहयोग

चितवन / कालिका— ZEN-Z आन्दोलनको क्रममा आफ्नै कार्यालय पूर्णरूपमा आगजनीमा परेर जलेको अवस्थामा पनि उदयपुर सामुदायिक वन, कालिका–७ ले उदार मन देखाउँदै इलाका प्रहरी कार्यालयलाई ३८ क्युबिक फिट काठ सहयोग गरेको छ।

२०७९ भदौ २४ गते भएको ZEN-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालयमा समेत तोडफोड र आगजनी भएको थियो। कार्यालय पूर्णरूपमा नष्ट भएसँगै पुनर्निर्माणका लागि आवश्यक सामग्रीको अभाव भएको अवस्थामा सामुदायिक वनको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्त सकारात्मक रूपमा लिएको छ।

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शंकर लामाले भन्नुभयो, “हाम्रो आफ्नै कार्यालय आन्दोलनका क्रममा जलेर नष्ट भए पनि जनताको सुरक्षाका लागि खटिने प्रहरी चौकीको पुनर्निर्माणमा सहयोग गर्नु हाम्रो सामाजिक दायित्व हो।”

उहाँले थप भन्नुभयो कि, “सामुदायिक वन जनताकै स्वामित्वमा रहेको संस्था भएकाले विपद्का बेला राज्यका संयन्त्रहरूलाई सहयोग गर्नु आवश्यक हुन्छ।”

आफ्नो संरचना गुमाएर पनि सहयोगका लागि अगाडि आएको सामुदायिक वनको यो योगदानले संकटमा पनि समर्पण र सहकार्यको सन्देश दिएको छ। 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार