टप एण्ड टी-२० सिरिज : नेपालले आज नर्दन टेरिटोरी स्ट्राइकसँग भिड्दै

काठमाडौँ। अस्ट्रेलियामा हुने टप एण्ड टी-२० सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टीम नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्दै छ ।

डार्विनको मरारा क्रिकेट ग्राउण्ड २ मा हुने खेल दिउँसो नेपाली समयअनुसार सवा २ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने एनटीको कप्तानमा जेक वेदराल्ड छन् ।

एनटी स्ट्राइकले सन् २०२३ मा भएको सिरिजको पहिलो संस्करणको उपाधि जितेको थियो भने गत वर्ष सेमिफाइनलसम्म पुगेको थियो ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी(उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन यादव, करण केसी, रिजन ढकाल, लोकेस बम र साहब आलम नेपाली टिमबाट खेल्दैछन्। यो सिरिजमा ११ टोलीको सहभागिता रहेको छ।

 

SHARE:

प्रतिक्रिया दिनुहोस्

थप समाचारहरू

ताजा समाचार