चितवन/ईच्छाकामना – जेन-जेड को पवित्र आन्दोलनले हाम्रो गाउँपालिकामा प्रशासकिय भवन र अन्य भौतिक संरचना मा हुन लागेको तोडफोड , आगजनि को त्यो बिहान म भावविभोर थिएँ। मनभित्र चिन्ता थियो — मेरो जनताले दिएको विश्वास र जिम्मेवारी लिएर मैले कार्यालयको ढोका खोलेको दिनहरू सम्झिएँ। तर त्यो दिन कुनै फरक थियो: मेरो पहुँचभन्दा बाहिरका घटनाले, जुन मैले कहिल्यै चाहेको थिइनँ, हाम्रो शान्तपनलाई भत्काउने चाहना बोकेर आयो।
म उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत , लगायत साधारण राष्ट्रसेवक — स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी सबै पालिकाभित्रै थिए। गेटभित्रबाट धुवाँ उठेपछि केही समयमै दुबै तिरबाट ढुंगा प्रहार हुन थाल्यो। हामी अस्पतालको आँगनभित्र उभिएर मात्र हेर्दै थियौं। मैले मेरो साथीहरूलाई फोन गरेर अनुनय विनय गराएँ — तोड्फोड् , जलाउन नदिन — तर त्यो भीड मेरो विश्वासले भरिएको जेन-जेड समूहजस्तो थिएन। युवाहरूको अनुहारमा एउटा फुरुङ्गी स्वार्थको आगो देखिन थाल्यो; सार्वजनिक सम्पत्ति र कागजात जलाउन, तोडफोड गर्न उनीहरूको लक्ष बाँकी थियो।
केहीले भने — “निस्क नत्र सबै फुटाइदिनेछन्।” मैले सोचेँ, संवाद गरौं, मिडियामा मैले भनेँ: “जेन्जिको आन्दोलन समर्थन गर्दै हामी जनताको भावना बुझ्छौं; तर कानुन र सार्वजनिक स्वार्थप्रति असम्मानजनक व्यवहारलाई सघाऊन सकिन्न।” तर त्यहाँ योजना नै त्यस्तो थियो — निकाल्ने, धकेल्ने, रोक्ने, लडाउने। मेरा साथिहरूले कसरी रोक्ने भन्ने प्रश्नमा राजीनामा माग्न थाले। मैले फेरि पुनः स्पष्ट पारें — गल्ती भए छलफल गर्न तयार छु; मेरो काम तपाइँहरूको सेवा नै हो। मैले जीवन पेसा र पेन्सन त्यागेर जनसेवामा आएको हुँ — कार्यालयको ढोका सधैं खुल्ला छ; विकासका लागि ठेकदारलाई कालोसूचीमा हाल्दा म कति सम्म सहें भन्ने कुराको कदर सबैले देखेका छन्।
हाम्रा प्रयासले बजेट ल्याउन कति संघर्ष गर्नुपर्छ — केन्द्र, प्रदेशका मन्त्रालयहरूको दफ्तरी दौडभाड, अनुनय — त्यो सबै मैले बाँचें। तर अचानक, त्यो मेहनतले बनेको हाम्रो सुन्दर घर — पालिकाको भवन — तोडफोड र आगजनीको लक्ष्य बन्दै गयो। मेरो मन रोएको थियो। मैले सम्झिएँ: यो घर पुस्तौँदेखि जेन्जेडसम्म सेवा दिने स्थान हो — र त्यो मान्यता ध्वस्त पार्न पाइँदैन।
राज्यप्रतिको माया, देश र परम्पराप्रतिको सम्मानले मलाई चकित बनायो। मैले फेसबुक लाइभमा चार–पाँच घण्टा मात्र देखेको मान्छेलाई मेरा आफन्त, मेरा सम्पर्क सबैले सोधे — “यो कसरी हुन सक्छ?” भनि। राति ११ बजे वडा नम्बर २ पनि सबै जलाएर ध्वस्त पारेछन । कतिपयले भन्यो — “यो चेपाङ आमा समूहको भवन हो।” तर कसरी? कयौ जनताको रगत पसिनाको करले निर्माण भएको संरचना किन ध्वस्त ? त्यो आगोले पिना पग्लिइसकेको विश्वासले म ढुक्क भएँ र रोएको मनको लागि मेरो शब्द फेल भयो।
झनै कष्ट लाग्यो जब मैले शहरका, जिल्लाका सरकारी र ऐतिहासिक संरचनाहरू जलेको देखेँ। संसद, सर्वोच्च, जिल्ला प्रशासन — सबै दृश्यले मेरो आत्मालाई झलक्कै झक्झक्यायो। मेरो भावी जेन्जेडहरू, मेरो देशको शान — यो सबै बचाउनु पर्छ भनेर मुटुले करायो। मैले सबैमा अनुरोध गरें — शान्ति राखौँ, संवाद गरौं, हिंसा वर्जित गरौं।
मेरो कमजोरी छ भने म स्वीकार गर्छु; यदि मेरो नेतृत्वमा कुनै त्रुटि भयो भने छलफल गर्न तयार छु। सामाजिक हित, गरिबदु:खिको लागि काम गर्ने मन मेरो पहिचान हो। मैले ठेकदारहरुलाई अनुशासनमा ल्याउने, विकास परियोजनाहरू अघि बढाउने क्रममा धेरै अनुनय ब्यहोरेको छु—सबैले देखेका छन्। तर आजका केही व्यक्तिहरूले हाम्रो सेवाको अर्थलाई अरूै तरिकाले तोडफोड गर्न लाग्दा, मेरो हृदय र मान–सम्मान चोट लाग्यो।
भोलिका दिनहरूमा हामीले चाहिन्छ — सहिष्णुता, न्याय र जवाफदेही। आन्दोलनको उद्देश्य भ्रष्टाचार बिरुद्ध थियो भने, त्यसलाई बलियो बनाउने तरीका संवाद र कानूनी मार्ग हो — आगो र फोडफुटले होइन। म आज यहाँ स्पष्ट भन्छु: यदि गल्ती भयो भने म जिम्मा लिन्छु; यदि सुधार गर्न जरुरी छ भने मैले जीवनभर तपाइँहरूको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरिरहेँ।
हो, ती रातका सप्तरङ्गी क्षणहरूले मलाई भत्काए, तर उही रातले मलाई सम्झायो — देश र जनताको भविष्य हाम्रो हातमा छ। मेरी जेन्जेडहरू — हामीले सिक्नुपर्छ, सुधार्नुपर्छ र फेरि उठेर उसै ध्येयका लागि मिलेर अघि बढ्नुपर्छ — विनाशको बाटो छोडेर निर्माणको बाटो रोजौँ। देश बचाउने यो प्रयास सधैं सहिष्णुता, न्याय र पारदर्शितामा आधारित हुनुपर्छ — यही मेरो दृढ विश्वास हो।


